Home » अर्थ » नेपाली जहाजलाई युरोपको आकाशमा उड्न खुल्ला, कालोसूचीबाट हट्यो

नेपाली जहाजलाई युरोपको आकाशमा उड्न खुल्ला, कालोसूचीबाट हट्यो

Facebook Twitter Google+ Pinterest Reddit
Share

Nepal Airlines (NAC)

काठमाडौं । नेपाल युरोपेली युनियन (इयु)को कालोसूचीबाट मुक्त भएको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् ।
अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइकाओ)को अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गर्दै नेपाल कालोसूचीबाट मुक्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बतायो । नेपालमा हवाई दुर्घटना अत्याधिक मात्रामा बढेपछि इयुले चार वर्षअगाडि सन् २०१३ मा नेपाली हवाई उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै उड्ययन क्षेत्रमा नेपाललाई कालोसूचीमा राखेको थियो । तर, पछिल्लो समय हवाई उडानमा सावधानी अपनाउँदै दुर्घटना न्युनिकरण गर्न सफल भएपछि इयु नेपाललाई कालोसूचीबाट हटाउन तयार भएको हो ।
कालोसूचीबाट हटेसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान गर्न पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नेपाली जहाजलाई युरोपको आकाशमा उड्न खुल्ला, कालोसूचीबाट हट्यो Reviewed by on . काठमाडौं । नेपाल युरोपेली युनियन (इयु)को कालोसूचीबाट मुक्त भएको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् । अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइक काठमाडौं । नेपाल युरोपेली युनियन (इयु)को कालोसूचीबाट मुक्त भएको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् । अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइक Rating: 0
Scroll to top
>