Home » फ्ल्यास न्यूज » भिटोफको दुई दशकः गाउँ पर्यटन प्रबद्र्धनमा ऐतिहासिक खुड्किलो

भिटोफको दुई दशकः गाउँ पर्यटन प्रबद्र्धनमा ऐतिहासिक खुड्किलो

सम्पादक श्रेष्ठलाई उत्कृष्ट पर्यटन पत्रकार पुरस्कार

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_2465

पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले २१ औं बार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवस एक भव्य कार्यक्रमको आयोजना गरि मनायो ।
राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा पराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थिति रहेको थियो । कार्यक्रममा होमस्टेहरुको सम्पूर्ण विवरण संलग्न वेभसाइटको औपचारिक शुभारम्भ गरियो भने गाउँ पर्यटनमा भिटोफ नेपालले गरेका गतिविधि र गाउँ पर्यटन प्रबद्र्धन गर्ने सामग्री संलग्न डाइरेक्टरीको लोकार्पणसमेत गरियो ।
कार्यक्रमा मन्तव्य राख्दै उपराष्ट्रपति पुनले भिटोफ नेपालले हरेक वर्ष ३ वटा नयाँ गन्तव्यलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गर्ने गरेकोमा खुशी व्यक्त गर्दै युद्ध पर्यटनको विकास गर्न पनि भिटोफ नेपालले अग्रसरता लिइदिन आग्रह गरे । उनले जनयुद्ध सुरु भएका ठाउँ, ऐतिहासिक भिडन्त भएका ठाउँ तथा जनयुद्धका नेतृत्वकर्ताहरुको पुराना निवास वा सोसँग सम्बन्धित ठाउँहरुलाई युद्ध पर्यटनको नयाँ प्याकेज बनाइ बजारसम्म लैजान सकिने बताए । कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’ले आफू नेतृत्वको नयाँ कार्यसमिति आएसँगै गाउँ पर्यटन प्रबद्र्धनका लागि विविध कार्यक्रम गरेको भन्दै डाइरेक्ट्री तथा वेभसाइटले अझ होमस्टेहरुको प्रबद्र्धन र विकासमा ठूलो योगदान पुग्ने बताए । उनले आजको क्षण गाउँ पर्यटन प्रबद्र्धनमा ऐतिहासिक खुड्किलो भएको पनि बताए ।
कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा माओवादी केन्द्रका पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्टले माउन्टेन एयरपोर्ट निर्माण गर्नु पर्नेमा जोड दिए । आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्न र स्थानीयको जीवनस्तर उकास्नसमेत यसले सहयोग पुग्ने भन्दै माउन्टेन एयरपोर्ट स्थापनार्थ व्यवसायीले दबाब दिनु पर्ने बताए । यस्तै, एमालेको नेता तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले ह्यात होटलले सरकारी जग्गा हडमी हालीमुहाली गरेकोमा उपराष्ट्रपति पुनको ध्यानाकर्षण गराउँदै तत्काल सो सम्पत्ति फिर्ता गर्न पहल गरिदिन आग्रह गरे । उनले सरकारले पर्यटन विकास समितिहरुको अधिकार र बजेटलाई खुम्चाउँदै गएकोमा आपत्ति समेत जनाए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने पर्यटन बोर्डकासदस्य राजेन्द्र सापकोटा, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य, नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पालगायतले गाउँ पर्यटन प्रबद्र्धनमा भिटोफ नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी कृयाशीलताको अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रम भिटोफका महासचिव वासु पाण्डेले सञ्चालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दीपक दाहालले दिएको थिए । उनले संस्थाले गरेको गतिविधिहरुको चर्चा गर्दै आगामी दिनमा कार्यसमितिले अझ उत्कृष्ट काम गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए ।

सम्पादक श्रेष्ठलाई उत्कृष्ट पर्यटन पत्रकार पुरस्कार

shiva samman - Copy
पर्यटन अभियान राष्ट्रिय पाक्षिकका सम्पादक शिव श्रेष्ठलाई यस वर्षको उत्कृष्ट गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट अभिनन्दन गरियो ।
पर्यटन क्षेत्रमा एक दशकदेखि निरन्तर कलम चलाउँदै आएको र पछिल्लो एक वर्ष गाउँ पर्यटन प्रबद्र्धनका लागि विशेष भूमिका निर्वाह गरको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा नगदसहितको विशेष अभिनन्दन गरिएको हो । सोही अवसरमा एभिन्यूज टेलिभिजनका समाचारदाता वासु श्रेष्ठ तथा शिखर पोष्ट डटकमका सम्पादक प्रकाश खालिङलाई पनि सम्मान गरियो । कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्षद्वय बोधराज भण्डारी र शिव लामिछानेलाई पनि सम्मान गरियो । भिटोफले यस वर्षको उत्कृष्ट होमस्टेको पुरस्कार भने कास्कीको हेम्जा होमस्टेलाई नदग ११ हजारसहित सम्मान गर्यो ।

कार्यक्रमका थप तस्बिरहरुः

vitof

vitoff

vitofa vitofaa

तस्बिर सौजन्यः जनार्दन अर्याल

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

भिटोफको दुई दशकः गाउँ पर्यटन प्रबद्र्धनमा ऐतिहासिक खुड्किलो Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले २१ औं बार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवस एक भव्य कार्यक्रमको आयोजना गरि मनायो । राजधानीम पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले २१ औं बार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवस एक भव्य कार्यक्रमको आयोजना गरि मनायो । राजधानीम Rating: 0
Scroll to top
>