Home » विचार » ‘फजुल खर्च कटौति गरि आरोहीको हीतमा लगाउँछु’

‘फजुल खर्च कटौति गरि आरोहीको हीतमा लगाउँछु’

Facebook Twitter Google+ Pinterest Reddit
Share

sudarshan

सुदर्शन न्यौपाने
कोषाध्यक्षका उम्मेद्वार

संस्थामा कोषको दुरुपयोग हुन नदिने र आर्थिक पारदर्शीता कायम गर्ने नै मरोे पहिलो एजेन्डा हो । कोषको रकम सदूपयोय हुनुपर्छ, संस्थाको हितमा खर्च गर्नुपर्छ । कुनै पनि संस्थामा हुने आर्थिक पारदर्शीताले नै त्यो संस्थालाई दीगो बनाउँछ । त्यसैले संस्थामा हुने फजूल खर्च कटौति गर्ने, त्यसलाई उत्पादमूलक र सीप तथा क्षमता विकासमा खर्च गर्नुपर्छ भन्ने मेरो बुझाइ रहेको छ ।
फजूल खर्च कटौति गरियो र त्यसलाई व्यवस्थित ढंगबाट चलाउन सक्ने एजेन्डा नै प्रमुख हुन्छ भन्ने मैले बुझेको छु । पर्वतारोहणको विकास, आरोहीको हकहितमा भने आवश्यक खर्च गर्नैपर्छ । जहाँ खर्च नगरे पनि हुन्छ त्यहाँ पनि संस्थाको त हो नि भनेर खर्च भइरहेको हुन्छ, त्यस्तो खर्च कटौति गर्ने र पर्वतीय पर्यटनको विकास र विस्तारमा खर्च गर्नुपर्छ भन्ने मेरो मान्यता हो । विदेश तथा स्वदेशमा हुने सेमिनार तथा भ्रमण हुने अधिक खर्च कटौति गरेर उत्पानमूलक र सीप तथा क्षमता विकासमा नै प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता पनि हो । मैले जिम्मेवारी पाएको अवस्थामा स्रोत नखुलेको शीर्षकमा खर्च हुने छैन । प्रबद्र्धन र प्रचारप्रचारमा खर्च हुनेछ । मजदूर र व्यवासायी हकहितको निम्ति पहिलो प्राथमिकता हुने छ ।

चिनौं उम्मेद्वार, गरौं मतदान

१९९३ बाट पदयात्रा पथप्रदर्शकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका न्यौपानेले सन् २००० देखि आफ्नै टे«किङ्ग कम्पनी संचालन गरिरहेका छन् । सन् २०१३ देखि बुटिक होटल चलाउँदै आएका न्यौपाने होटल मम्स होमका संचालन समेत हुन् ।
सन् २००७ मा टानको कार्यसमिति निर्वाचित भएपछि टिम्सको स्थापना र पर्यटन व्यवसायीको हितमा काम गर्ने कुशल अभियान्ताको छबी बनाएका छन् । उनी आवद्ध संघसस्थामा आर्थिक पारदर्शिता र चुस्त प्रशासन पहिलो प्राथमिकतामा पर्छ । संघको श्रोतलाई उचित ढंगले परिचालन गर्दै पर्वतीय पर्यटनमा प्रविधिको प्रयोग मार्फत पूर्वाधार विकास र प्रवद्र्धन गर्न/गराउन दृढ योजना सहित अगाडि बढेका न्यौपाने नेपाल पर्वतारोहण संघको विकास र स्थायित्वको एक सशक्त हस्ति हुन् । संघलाई कोष संचालनका हिसाबले उत्कृष्ट र पारदर्शी तथा संकलित श्रोतको आवश्यक क्षेत्रमा खर्च गर्ने परिपाटीको विकास गर्ने संकल्प लिएका न्यौपानेले पर्वतीय पर्यटन क्षेत्रमा मजदुरको जिवन रक्षा लगायत विश्वका विभिन्न अल्पाइन क्लवसँग सम्बन्ध विस्तार गर्दै नेपालको समग्र पर्वतीय पर्यटन र पर्वतारोहणको विकास, विस्तार र बजारीकरण मार्फत देशकै आर्थिक रुपान्तरणको मुद्धा सहित संघको आसन्न निर्वाचनमा आफ्नो कोषाध्यक्षको उमेदारी प्रस्तुत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

‘फजुल खर्च कटौति गरि आरोहीको हीतमा लगाउँछु’ Reviewed by on . सुदर्शन न्यौपाने कोषाध्यक्षका उम्मेद्वार संस्थामा कोषको दुरुपयोग हुन नदिने र आर्थिक पारदर्शीता कायम गर्ने नै मरोे पहिलो एजेन्डा हो । कोषको रकम सदूपयोय हुनुपर्छ, सुदर्शन न्यौपाने कोषाध्यक्षका उम्मेद्वार संस्थामा कोषको दुरुपयोग हुन नदिने र आर्थिक पारदर्शीता कायम गर्ने नै मरोे पहिलो एजेन्डा हो । कोषको रकम सदूपयोय हुनुपर्छ, Rating: 0
Scroll to top
>