Home » पर्यटन बहस » प्रदेशमा होटल उद्योगको विकासबारे छलफल

प्रदेशमा होटल उद्योगको विकासबारे छलफल

Facebook Twitter Google+ Pinterest Reddit
Share

han

काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल (हान)ले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ ।
प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि सङ्घलाई पनि प्रादेशिक संरचनामा लैजान र उसको भूमिकालाई थप प्रभावकारी बनाउन छलफल थालिएको हो । प्रदेश नं ५ को नेपालगञ्ज (बाँके)मा होटल क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक दायित्वबारे क्षेत्रीयस्तरमा अन्तरक्रिया गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।
प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ र सरकारको भूमिका कस्तो हुने हो भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो । सङ्घले विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरुप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानले जनाएको छ ।
बाँके, बर्दियालगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट होटल स्नेहाका सञ्चालक असितशम्शेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल सङ्घ नेपालगञ्ज तदर्थ कार्यसमिति गठन गरिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त भेलामा महासचिव शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नुभयो भने कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनको सुधारमा जोड दिनुभयो । सङ्घको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २४ गते सङ्घका अध्यक्ष अमरमान शाक्यको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न भएको थियो ।
होटलहरुको छाता संगठन होटल सङ्घ नेपालले विगत पाँच दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

प्रदेशमा होटल उद्योगको विकासबारे छलफल Reviewed by on . काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल (हान)ले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल (हान)ले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल Rating: 0
Scroll to top
>