Home » मुख्य समाचार » पर्यटन बोर्डकी सद्भावना दूत ओरुषाले उठाइन् १५ डोको पानपरागको फोहोर

पर्यटन बोर्डकी सद्भावना दूत ओरुषाले उठाइन् १५ डोको पानपरागको फोहोर

Facebook Twitter Google+ Pinterest Reddit
Share

orusha thapa
पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डकी सद्भावना दूत ओरुषा थापाले विष्णुमती किनारबाट १५ डोको फोहोर उठाएकी छिन् ।
गत शनिवार विष्णुमती सफाई अभियानको १५६ औं हप्ताको सरसफाइ अभियानको नेतृत्व गर्दै उनले विष्णुमती नदीको किनारबाट सो फोहोर संकलन गरेकी हुन् । विष्णुमती टिमले हरेक साता गर्दै आएको यो अभियानको नेतृत्व यस पटक भने आरुषा थापाले गरेकी थिइन् । यो अभियानमा उनले अध्ययन गर्दै गरेको एट्लान्टिक कलेजका विद्यार्थी, नेपाली सेना, विष्णुमती टिमका प्रतिनिधि र स्थानीयवासीहरुले सहयोग गरेका थिए । सफाइ कार्यक्रमको बारेमा पर्यटनन्यूजलाई जानकारी दिदै ओरुषाले विष्णुमती नदीमा भइको फोहोरलाई आफूलाई चिन्तित बनाएको र पर्यटन बोर्डको सद्भावना दूतसमेत रहेकोले वातावरण र पर्यटनलाई सँगसँगै अगाडि बढाउन यो कार्यक्रम गरेको बताइन् । नदी किनारमा पानपरागको थुप्रो देख्दा अचम्म लागेको भन्दै उनले पानपरागको फोहोर मात्रै १५ डोको संकलन गरेको बताइन् । पर्यटन प्रबद्र्धनका लागि वातावरणको ठूलो भूमिका रहने बताउने उनी यस्ता अभियानलाई निरन्तरता दिनु पर्ने बताउँछिन् ।

orusha
नदी सरसफाइमा पहिलो पटक काम गरेपनि आरुषाले यस अघि बाढी पीडित, भूकम्प पीडित र विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर वृद्धि गर्न काम गर्दै आएकी थिइन् । भन्छिन् – ‘नदी सफाइ कार्यक्रमले मलाई उत्साह थपेको छ, आगामी दिनमा पनि यस्ता सामाजिक काम निरन्तर गर्छु । ’ विष्णुमती सफाइ अभियानमा करीब डेढ सयको उपस्थिति रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन बोर्डकी सद्भावना दूत ओरुषाले उठाइन् १५ डोको पानपरागको फोहोर Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डकी सद्भावना दूत ओरुषा थापाले विष्णुमती किनारबाट १५ डोको फोहोर उठाएकी छिन् । गत शनिवार विष्णुमती सफाई अभियानको १५६ औं ह पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डकी सद्भावना दूत ओरुषा थापाले विष्णुमती किनारबाट १५ डोको फोहोर उठाएकी छिन् । गत शनिवार विष्णुमती सफाई अभियानको १५६ औं ह Rating: 0
Scroll to top
>