Home » फ्ल्यास न्यूज » थाईल्याण्डदेखि भियतनामसम्मको सेल्स मिसनमा सोट्टो–नेपाल

थाईल्याण्डदेखि भियतनामसम्मको सेल्स मिसनमा सोट्टो–नेपाल

बुद्धिष्ट पर्यटन प्रबद्र्धन गर्ने

Facebook Twitter Google+ Pinterest Reddit
Share

sottoo

पर्यटनन्यूज, काठमाडौं । आन्तरिक पर्यटन प्रबद्र्धनसँगै वाह्य पर्यटन प्रबद्र्धनका लागि पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्न थालेको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) आज अन्तर्राष्ट्रिय सेल्स मिसनमा गएको छ ।
विगत वर्षहरुमा मलेसिया, सिंगापुर, भारत, रसियालगायतका देशमा नेपाल प्रबद्र्धन गरेको सोट्टो–नेपालले थाईल्याण्ड, कम्बोडिया र भियतनाममा सेल्स मिसन गर्न लागेको छ । सो मिसनमा नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, नेपाली दूताबास बैंककको सहयोगमा सोट्टो–नेपालका प्रतिनिधिहरु, पर्यटन बोर्डका प्रतिनिधि, नेपाल एयरलाईन्सका प्रतिनिधि लगायत विभिन्न पर्यटन संस्थाका प्रतिनिधिसहित पर्यटन क्षेत्रका करीब २५ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । सेल्स मिसन सेप्टेम्बर १५ सम्म संचालन हुनेछ । विशेषत थाईल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा भएका बुद्धिष्ट पर्यटकलाई नेपाल आकर्षित गराउने कार्यक्रम रहेको सोट्टो–नेपालका उपाध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए । सोट्टो–नेपालले यसअघि आन्तरिक पर्यटन प्रबद्र्धनका लागि आन्तरिक गन्तव्यहरुको प्रबद्र्धन गर्ने कार्यक्रम गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

थाईल्याण्डदेखि भियतनामसम्मको सेल्स मिसनमा सोट्टो–नेपाल Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । आन्तरिक पर्यटन प्रबद्र्धनसँगै वाह्य पर्यटन प्रबद्र्धनका लागि पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्न थालेको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेट पर्यटनन्यूज, काठमाडौं । आन्तरिक पर्यटन प्रबद्र्धनसँगै वाह्य पर्यटन प्रबद्र्धनका लागि पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्न थालेको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेट Rating: 0
Scroll to top
>