Home » फ्ल्यास न्यूज » सातै प्रदेशमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला

सातै प्रदेशमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला

मंगलबार इटहरीमा प्रदेश नंम्बर १ को भेला हुँदै

Facebook Twitter Google+ Pinterest Reddit
Share

Uml tourism

पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सातै प्रदेशको भेला सम्पन्न गर्ने भएको छ ।
पर्यटन व्यवसायमा पार्टीको आधारशीला खडा गर्दै पर्यटन विकासमा योगदान दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको संगठनको मंगलबार इटहरीमा हुने भेलासँगै सातै प्रदेशको भेला सम्पन्न हुने भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा मंगलबार प्रदेश नंम्बर १ को भेला इटहरीमा हुन लागेको हो । भेलाले प्रदेश कार्यसमिति समेत चयन गर्नेछ । सो भेला सम्पन्न गर्नका लागि प्रदेश नंम्बर १ का विभिन्न जिल्ला तथा काठमाडौंबाट केन्द्रीय संगठनका अध्यक्ष चन्द्र रिजालसहितका बरिष्ठ पर्यटन व्यवसायीहरु त्यसतर्फ लागेका छन् ।
यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालका अर्का बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा केही दिन अघि मात्र प्रदेश नंम्बर ३ को विशेष भेला सम्पन्न भएको थियो । काठमाडौंको पर्यटन बोर्डको हलमा सम्पन्न भेलाले हरि श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ । भेलामा १० जिल्लाका पर्यटन व्यवसायीहरुको ठूलो सहभागिता रहेको थियो । विभिन्न समयमा गरी यस अघि पाँच प्रदेशको भेला सम्पन्न भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

सातै प्रदेशमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सातै प्रदेशको भेला सम्पन्न गर्ने भएको छ । पर्यट पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सातै प्रदेशको भेला सम्पन्न गर्ने भएको छ । पर्यट Rating: 0
Scroll to top
>