Home » मुख्य समाचार » तीन पर्यटन गाउँ घोषणा गर्ने अन्तिम तयारी

तीन पर्यटन गाउँ घोषणा गर्ने अन्तिम तयारी

Facebook Twitter Google+ Pinterest Reddit
Share

vitof logo

पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
२७ सेप्टेम्बरका दिन मनाउन लागिएको ३८ औं विश्व पर्यटन दिवसको अवसरमा सो गाउँहरु घोषणा गर्ने गरि तयारी भएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले बताए । हामीले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँको रुपमा घोषणा गर्ने र प्रबद्र्धनदेखि प्याकेज बनाउनेसम्मका काम गछौं । अध्यक्ष सापकोटा भन्छन्, ‘यस पटक फेरि नयाँ तीन गाउँ घोषणाको लागि तयारी भइरहेको छ ।’ उनले यसको लागि कार्यसमितिले आन्तरिक गृहकार्य सुरु गरिसकेको र दर्जनौं गाउँहरुबाट पर्यटकीय गाउँ घोषणा गरिदिनका लागि अनुरोध आएको बताए । देशभरबाट प्राप्त गाउँहरुबाट उत्कृष्टको आधारमा तीन वटालाई छनोट गर्ने भिटोफको तयारी छ । गाउँ घोषणा गरिसकेपछि प्रबद्र्धन र प्याकेज बनाउनु पर्ने र सोही अनुरुप पर्यटकले पनि मन पराउने खालको हुनु पर्ने हुनाले पर्यटकीय गाउँ घोषणा गर्दा विशेष ख्याल गरिने उनको भनाइ छ ।
यस अघि भिटोफले तनहुँको दुम्सी दराही गाउँ, कन्चनपुरको भादा गाउँ र हुम्लाको गुराँसे गाउँलाई सन् २०१७को पर्यटकीय गाउँको रुपमा घोषणा गरेको थियो । ती गाउँ प्रबद्र्धन गर्नका लागि भिटोफले विभिन्न खालका पर्यटकीय अभियानहरु चालेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

तीन पर्यटन गाउँ घोषणा गर्ने अन्तिम तयारी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँको रुपमा घोषणा गर्ने तयारी गरेको छ । २७ सेप्टेम्बरका दिन मनाउन पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँको रुपमा घोषणा गर्ने तयारी गरेको छ । २७ सेप्टेम्बरका दिन मनाउन Rating: 0
Scroll to top
>