Home » समाचार » टान निर्वाचनः श्रेष्ठलाई सहकोषाध्यक्षमा रहेर काम गर्ने रहर

टान निर्वाचनः श्रेष्ठलाई सहकोषाध्यक्षमा रहेर काम गर्ने रहर

Facebook Twitter Google+ Pinterest Reddit
Share

gopal

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को निर्वाचन नजिकिदै जाँदा आकांक्षिहरु पनि बढ्न थालेका छन् ।
यसैबीच, टानको सहकोषाध्यक्षका लागि हायर लिमिट्स ट्रेक्स एण्ड एक्सपिडिशनका प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । लामो समय देखि संगठनलाई सहयोग गर्दै आएका र अघिल्ला बर्षहरुमा कार्यसमिति चयन गर्दा पनि आफू पछि हटि अरुलाई अवसर दिएको भन्दै यस पटक उनले सहकोषाध्यक्ष पदबाट टानमा प्रवेश गर्ने योजना बताएका छन् । युवा अवस्थामा नै व्यवसायिक सफलता हाँसिल गरेका र सामाजिक काममा निकै अग्रसर देखिने श्रेष्ठले सहकोषाध्यक्षका लागि नेतृत्वपंत्तिसँग कुराकानी पनि अगाडि बढाएका छन् ।
पर्यटनन्यूजसँग कुराकानी गर्दै उनले टानमा गएर व्यवसायीहरुको हकहीतका लागि काम गर्ने रहर आफूरमा रहेको बताए । व्यवसायीको समस्या के हो भन्ने कुरा मैले अनुभव गरेको छु । श्रेष्ठ भन्छन्, ‘टानमा रहेर के गर्नु पर्छ भन्ने मैले बुझिसकेको छु ।’ उनी सन् २००९ देखि कम्पनी खोली पर्यटन व्यवसायमा आबद्ध छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टान निर्वाचनः श्रेष्ठलाई सहकोषाध्यक्षमा रहेर काम गर्ने रहर Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को निर्वाचन नजिकिदै जाँदा आकांक्षिहरु पनि बढ्न थालेका छन् । यसैबीच, टानको सहकोषाध्यक्षका लागि ह पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को निर्वाचन नजिकिदै जाँदा आकांक्षिहरु पनि बढ्न थालेका छन् । यसैबीच, टानको सहकोषाध्यक्षका लागि ह Rating: 0
Scroll to top
>