Home » फ्ल्यास न्यूज » टान निर्वाचनका लागि दाहाल नेतृत्वको प्यानल घोषणा

टान निर्वाचनका लागि दाहाल नेतृत्वको प्यानल घोषणा

Facebook Twitter Google+ Pinterest Reddit
Share

nabaraj dahal

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले प्यानल घोषणा गरेको छ ।
दाहाल नेतृत्वको प्यानल नोमिनेशनका लागि अहिले टान सचिवालयमा छ । दाहाल समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामा रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।
नोमिनेशन गर्ने स्थलबाट पर्यटनन्यूजलाई प्रतिकृया दिदै दाहालले टिम बलियो बनेको बताए । उनले लामो समय होमवर्क गरि बनाएको टिम समावेशी र व्यवसायिक भएको बताए । टान निर्वाचन आगामी आइतबार हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टान निर्वाचनका लागि दाहाल नेतृत्वको प्यानल घोषणा Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले प्यानल घोषणा गरेको छ । दाहाल नेतृत्वको प् पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले प्यानल घोषणा गरेको छ । दाहाल नेतृत्वको प् Rating: 0
Scroll to top
>