Home » मुख्य समाचार » टानमा राजनीतिक सिन्डिकेट लगाएको भन्दै एक समूहद्वारा निर्वाचन बहिस्कार

टानमा राजनीतिक सिन्डिकेट लगाएको भन्दै एक समूहद्वारा निर्वाचन बहिस्कार

Facebook Twitter Google+ Pinterest Reddit
Share

damodar ghimire

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा सिन्डिकेट लगाइ उम्मेद्वारी दर्ता गराएको भन्दै एक समूहले निर्वाचनमै भाग नलिने जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह) निकट व्यवसायीहरुको संगठन नेपाल उड्डयन तथा पर्यटन व्यवसायी संगठनले उम्मेद्वारी चयनमा आफूहरुको कुनै उपस्थिति विना उम्मेद्वारी दर्ता गराएको भन्दै निर्वाचन प्रकृयामै भाग नलिने जनाएको हो । पर्यटनन्यूजलाई फोन मार्फत प्रतिकृया दिदै संगठनका अध्यक्ष दामोदर घिमिरेले सिन्डिकेट लगाएर टान निर्वाचन गर्न लागेको आरोप लगाए । उनले टानमा आफूहरुको २५ मत पकेटमा रहेको भन्दै सबै व्यवसायीले मतदान नगर्ने जानकारी दिए । एक अर्को प्रसंगमा अध्यक्ष घिमिरेले आफूहरु बाहिरै बसेर टानमा आफ्नो एजेन्डा स्थापित गराउने भन्दै उनले यस्तै पारा हो भने केही वर्षमै टान कोमामा जाने दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टानमा राजनीतिक सिन्डिकेट लगाएको भन्दै एक समूहद्वारा निर्वाचन बहिस्कार Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा सिन्डिकेट लगाइ उम्मेद्वारी दर्ता गराएको भन्दै एक समूहले निर्वाचनमै भाग नलिने जनाएक पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा सिन्डिकेट लगाइ उम्मेद्वारी दर्ता गराएको भन्दै एक समूहले निर्वाचनमै भाग नलिने जनाएक Rating: 0
Scroll to top
>