Home » फ्ल्यास न्यूज » पर्यटक यातायात ऐन संशोधन गर्न व्यवसायीको जोडदार माग

पर्यटक यातायात ऐन संशोधन गर्न व्यवसायीको जोडदार माग

सम्पादक श्रेष्ठलाई वट्टुकाजी स्मृति पत्रकारिता पुरस्कार

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_3641

पर्यटनन्यूज, काठमाडौं । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।
टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम’का वक्ताहरुले देशको विकासको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि बसपार्कको आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष केदारनाथ शर्माले राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको गुनासो गर्नुभयो । “यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने पर्यटकीय बसलाई राज्यले बेवास्था ग¥यो, –उहाँले भन्नुभयो ।

IMG_3638
नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पश्चिमाञ्चल अध्यक्ष दीलप्रसाद गौतमले पूर्वाधारको अभावका कारण पर्यटकीय बस समस्यामा परेको बताउनुभयो । “पर्यटकीय बसलाई सहज रुपले सञ्चालन गर्नका लागि पर्यटन ऐनमा संशोधन गर्नु आवश्यक छ,”– उहाँले भन्नुभयो । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले पछिल्लो समय युवा व्यवसायीहरु पर्यटकीय बसतर्फ आकर्षित हुँदै गएको भन्दै युवा व्यवसायीको लगानीको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

IMG_3655
विस २०६७ सालमा स्थापना भएको टिवानमा हाल ३४ वटा कम्पनीले सदस्यता लिनुका साथै काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सौराह बस सञ्चालन भइरहेको टिवानका प्रथम उपाध्यक्ष ईश्वर शर्माले जानकारी दिनुभयो । हाल काठमाडौँको जमलदेखि विहान ७ बजे पोखरा र चितवनका लागि बस छुट्दै आएका छन् । साधारण सभाले आजै नयाँ कार्यसमिति समेत निर्वाचित गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव दिपक भट्टराईले बताउनुभयो ।

सम्पादक श्रेष्ठलाई सम्मान
साधारणसभामा पर्यटन अभियान पाक्षिक तथा पर्यटनन्यूजका सम्पादक शिव श्रेष्ठलाई सम्मान गरेको छ ।

IMG_3632
१० हजार धनराशी सहितको वट्टुकाजी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट उहाँलाई सम्मान गरिएको हो । उहाँलाई पर्यटक यातायातका विविध समस्या समाधान गर्न अनलाइन तथा पत्रिका मार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । सम्पादक श्रेष्ठले हरियो प्लेटको समस्या समाधान गर्न र पर्यटक बसपार्क व्यवस्थित गराउन जोडदार आवाज उठाउँदै आउनु भएको छ । सम्पादक श्रेष्ठ पर्यटन पत्रकार संघ (जाट–नेपाल)का प्रथम उपाध्यक्ष समेत हुनुहुन्छ ।
यसैबीच, साधारणसभामा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीलाई पनि सम्मान गरेको छ ।

IMG_3618
लामो समयदेखि विभिन्न सञ्चारमाध्यामको क्षेत्रबाट पर्यटकीय क्षेत्रमा देखिएका समस्या र यसको समाधानका बारेमा कलम चलाएको भन्दै रेग्मीलाई रु १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटक यातायात ऐन संशोधन गर्न व्यवसायीको जोडदार माग Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिव पर्यटनन्यूज, काठमाडौं । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिव Rating: 0
Scroll to top
>