Home » फ्ल्यास न्यूज » टिबानमा गोलाप्रथाबाट महासचिव चयन, अध्यक्षमा लोहनी सर्वसम्मत

टिबानमा गोलाप्रथाबाट महासचिव चयन, अध्यक्षमा लोहनी सर्वसम्मत

सातौं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

Facebook Twitter Google+ Pinterest Reddit
Share

tiban new committee

पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)को महासचिव गोलाप्रथाबाट चयन गरिएको छ ।
टिबानको राजधानीमा भएको सातौं बार्षिक साधारणसभाले आज नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा बराबर मत प्राप्त गरेपछि महासचिव पदका लागि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट एड्भान्चरका प्रबन्ध निर्देशक कृष्ण आचार्य विजयी भएका छन् । उनका प्रतिद्वन्दी रेन्बो सफारीका प्रबन्ध निर्देशक सुशील दाहाल र आचार्यले ८/८ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो । आचार्यले १० मत ल्याएकोमा २ मत बदर भइ ८ मत सदर भएको थियो भने दाहालले ९ मत ल्याएकोमा १ मत बदर भइ ८ मत सदर भएको थियो ।

IMG_3655
यता, अध्यक्षका लागि अन्तिम समयमा आएर सर्वसम्मत प्रल्हाद लोहनी निर्वाचित भएका छन् । अध्यक्षका लागि तीन दाबेदार मध्ये ग्लोबल भ्याकेशनका प्रबन्ध निर्देशक ईश्वर शर्माले केही दिन अघि नै दाबेदारी फिर्ता लिएका थिए भने दीपज्योति एड्भान्चरका सञ्चालक टंक थापाले निर्वाचन हुनु केही समय अघि मात्र आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । नवनिर्वाचित अध्यक्ष प्रल्हाद लोहनी बाबा एड्भान्चरका सञ्चालक हुन् ।

IMG_3638
नयाँ कार्यसमितिका लागि अन्य पद भने हिजै निर्विरोध निर्वाचित भएको थियो । जस्मा, प्रथम उपाध्यक्ष ढकनाथ काफ्ले, द्वितीय उपाध्यक्ष भिष्म न्यौपाने, कोषाध्यक्ष दीपेन्द्र अधिकारी र सदस्यहरुमा रुपेन्द्रराज श्रेष्ठ र विज्ञान भुजल रहेका छन् । नौ सदस्यीय कार्यसमिति रहेन टिबानमा एक सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ । सातौं साधारणसभाले महासचिव दीपक भट्टराई तथा कोषाध्यक्ष शिशिर खनालको प्रतिवेदन सर्वसम्मत पारित गर्यो ।

IMG_3632
यसैबीच, साधारणसभाकै अवसर पारेर पर्यटक यातायात विकासका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै पर्यटन अभियानका सम्पादक शिव श्रेष्ठ तथा राससका समाचारदाता अच्यूत रेग्मीलाई १० हजार नगद तथा सम्मान पत्रसहित वट्टु स्मृति पत्रकारिता पुरस्कार मार्फत सम्मान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टिबानमा गोलाप्रथाबाट महासचिव चयन, अध्यक्षमा लोहनी सर्वसम्मत Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)को महासचिव गोलाप्रथाबाट चयन गरिएको छ । टिबानको राजधानीमा भएको सातौं बार्षिक साधारणसभाले आज नयाँ कार पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)को महासचिव गोलाप्रथाबाट चयन गरिएको छ । टिबानको राजधानीमा भएको सातौं बार्षिक साधारणसभाले आज नयाँ कार Rating: 0
Scroll to top
>