Home » मुख्य समाचार » हिमालयन ह्वाइटवाटर नोभेम्बर २१ देखि २३ सम्म हुने, तयारी तीव्र

हिमालयन ह्वाइटवाटर नोभेम्बर २१ देखि २३ सम्म हुने, तयारी तीव्र

Facebook Twitter Google+ Pinterest Reddit
Share

Rafting trisuli

पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्ट्स (नारा)ले हरेक वर्ष गर्दै आएको हिमालयन ह्वाइटवाटर च्यालेन्ज यस वर्ष पनि गर्ने भएको छ ।
र्याफ्टिङका लागि प्रख्यात रहेको त्रिशूली नदीमा आगामी नोभेम्बर २१, २२ र २३ गते हुन लागेको नारा सचिवालयले जनाएको छ । पर्यटनन्यूजसँग कुराकानी गर्दै नाराका कोषाध्यक्ष शिशिर खनालले बार्षिक क्यालेन्डर अनुरुप कार्यक्रम आयोजना गरिएको बताए । अघिल्ला बर्षहरुमा नोभेम्बर २५ देखि २७ सम्म गर्ने कार्यक्रम यस वर्ष चुनावका कारण केही समय अघि सारिएको उनको भनाइ छ ।
त्रिशूली नदीको फिस्लिङ हुने प्रतियोगितामा १२ इभेन्ट हुनेछ । प्रतियोगितामा डाउन रिभर रेस, कायाक स्याललम, कायाक फ्रि स्टाइल, बोटर क्रसलगायतका इभेन्ट हुनेछन् । प्रतियोगितामा नेपाली तथा विदेशीहरुले समेत ठूलो संख्यामा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागिता जनाउनेहरुले आफ्नो नाम दर्ता गराउन थालेको नारा सचिवलय प्रमुख प्रकाश खड्काले बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

हिमालयन ह्वाइटवाटर नोभेम्बर २१ देखि २३ सम्म हुने, तयारी तीव्र Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्ट्स (नारा)ले हरेक वर्ष गर्दै आएको हिमालयन ह्वाइटवाटर च्यालेन्ज यस वर्ष पनि गर्ने भएको छ । र्याफ्टिङका ला पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्ट्स (नारा)ले हरेक वर्ष गर्दै आएको हिमालयन ह्वाइटवाटर च्यालेन्ज यस वर्ष पनि गर्ने भएको छ । र्याफ्टिङका ला Rating: 0
Scroll to top
>