Home » फ्ल्यास न्यूज » नाट्टामा मेरै नेतृत्वमा सर्वसम्मत हुन्छः पाण्डे

नाट्टामा मेरै नेतृत्वमा सर्वसम्मत हुन्छः पाण्डे

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_4625

पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का निर्वाचन नजिकिदै जाँदा अध्यक्षका आकांक्षि सिएन पाण्डेले सहमतिका लागि अन्तिम प्रयास भइरहेको बताए ।
आज दरबारमार्गस्थित उडल्याण्ड होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका आकांक्षि पाण्डेले सर्वसम्मतका लागि अन्तिम प्रयास भइरहेको र सर्वसम्मत हुन नसकेको अवस्थामा आफू चुनावमा जान तयार रहेको बताए । उनले जित्दैनकि भन्ने आसय भन्दा पनि एकजुट भएर नाट्टामा जाऔं भन्ने उद्देश्यले सर्वसम्मत गराउने प्रयास भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा पाण्डेले आफू नेतृत्वको टिम करीब तयार रहेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए ।

IMG_4618
व्यवसायीको तर्फबाट मन्चमा एक्लै प्रस्तुत भएका आकांक्षि पाण्डेले आफूले वाम गठबन्धनको नेतृत्व गर्ने र त्यसमा लोकतान्त्रिक समूहलाई पनि समावेश गराउने प्रयास भइरहेको प्रतिकृया दिए । पत्रकार सम्मेलनमा उनले सक्षम र व्यवसायिक टिमले नाट्टा चलाउनु पर्ने भन्दै ट्राभल व्यवसायीहरुको हीतका लागि नीतिगत सुधार आवश्यक रहेको तथा नेपाल आउने पर्यटकको संख्या ५० लाख पुर्याउने लक्ष्य आफूहरुको रहेको बताए ।
नाट्टाको ५१ औं बार्षिक साधारणसभा तथा निर्वाचन यही पुष २८ गते होटल सोल्टीमा हुँदैछ । नाट्टामा ४ सय ६७ मतदाता रहेका छन् । आगामी निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट अच्यूत गुरागाईंको नाम अगाडि आएको छ । दुबै समूहले प्यानल घोषणाका लागि आन्तरिक तयारी थालेको बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नाट्टामा मेरै नेतृत्वमा सर्वसम्मत हुन्छः पाण्डे Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का निर्वाचन नजिकिदै जाँदा अध्यक्षका आकांक्षि सिएन पाण्डेले सहमतिका लागि अन्तिम प्रया पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का निर्वाचन नजिकिदै जाँदा अध्यक्षका आकांक्षि सिएन पाण्डेले सहमतिका लागि अन्तिम प्रया Rating: 0
Scroll to top
>