Home » मुख्य समाचार » तिलौराकोटमा आउने पर्यटक वृद्धि

तिलौराकोटमा आउने पर्यटक वृद्धि

Facebook Twitter Google+ Pinterest Reddit
Share

tilaurakot
कपिलवस्तु, प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । “उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् ।
यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् । सन् २०१७ मा कूल ४१ हजार ५५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार ८९१ विदेशी, ९४८ भारतीय र दुई हजार ६३२ नेपाली थिए । सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ ।
सन् २०१५ मा २३ हजार ४६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए । सन् २०१४ मा ३० हजार २३४ र सन् २०१३ मा २७ हजार ५०२ विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रुपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

तिलौराकोटमा आउने पर्यटक वृद्धि Reviewed by on . कपिलवस्तु, प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्य कपिलवस्तु, प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्य Rating: 0
Scroll to top
>