Home » मुख्य समाचार » पर्यटन व्यवसायी सापकोटालाई युवा अभिप्रेरणा सम्मान

पर्यटन व्यवसायी सापकोटालाई युवा अभिप्रेरणा सम्मान

Facebook Twitter Google+ Pinterest Reddit
Share

kamal

काठमाडौँ  । विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ आजदेखि शुरू भएको छ ।
सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा र जापानलगायत विभिन्न ३३ राष्ट्रका १३० जना युवा अभियन्ताको सहभागिता रहेको छ । युवा संसद् नेपालले आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायमूलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाको सरोकारको विषय बन्नुपर्छ भन्नुभयो ।
युवा संसद् नेपालका संयोजक दिवाकर अर्यालले सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कूटनीतिलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो । अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, पर्यटन व्यवसायी कमल सापकोटा, एपिवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, शान्ति अभियन्ता पीताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देल, वासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान–२०१८’ प्रदान गरिएको थियो । आइतबारसम्म चल्ने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन व्यवसायी सापकोटालाई युवा अभिप्रेरणा सम्मान Reviewed by on . काठमाडौँ  । विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ आजदेखि शुरू भएको छ । सम्मेलनमा नेपालसहित अमेरि काठमाडौँ  । विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ आजदेखि शुरू भएको छ । सम्मेलनमा नेपालसहित अमेरि Rating: 0
Scroll to top
>