Home » समाचार » पर्यटन व्यवसायी गुरुङको मृत्यु

पर्यटन व्यवसायी गुरुङको मृत्यु

Facebook Twitter Google+ Pinterest Reddit
Share

nidhan
चितवन । पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायी हीरामाया गुरुङको आज बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।
स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् । खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन व्यवसायी गुरुङको मृत्यु Reviewed by on . चितवन । पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायी हीरामाया गुरुङको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ चितवन । पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायी हीरामाया गुरुङको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ Rating: 0
Scroll to top
>