Home » :: हाईलाइट समाचार » पर्यटक बस सञ्चालकहरु ‘इन्डिया प्रमोशनल टूर’मा

पर्यटक बस सञ्चालकहरु ‘इन्डिया प्रमोशनल टूर’मा

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_5012

पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन नेपाल (टिबान)ले पर्यटक बस सञ्चालकहरुलाई इन्डिया प्रमोशनल टूरमा लगेका छन् ।
नेपालमा अत्याधुनिक बस सेवाहरु बढाउँदै लैजाने र पर्यटकलाई सेवा वृद्धि गर्ने मुख्य उद्देश्यका सात ६ दिने टूर कार्यक्रमको आयोजना गरिएको टिबानका महासचिव तथा टूरका संयोजक कृष्ण आचार्यले बताए । उनले ६ दिनको यात्रामा गोहा र मुम्बईका विभिन्न ठाउँमा भ्रमण तथा सेमिनारको आयोजना गर्ने बताए । कार्यक्रम तालिका अनुरुप ४ दिन गोहामा रहने छ भने २ दिन मुम्बइमा रहने छ । गोहामा रहँदा टाटा मार्कोपोलो माटर्स प्लान भ्रमण गर्ने तथा व्यवसायीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको र मुम्बईमा एक दिने सेमिनार कार्यक्रमको आयोजना गरिएको टिबानका अध्यक्ष प्रल्हाद लोहनीले बताए । उनले नयाँ कार्यसमिति आएपछि यो ऐतिहासिक र टिबानकै इतिहासमा यस्तो खालको पहिलो कार्यक्रम गरेको बताए ।

IMG_5013
यसैबीच, टिबानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले वर्तमान कार्यसमितिले आयोजना गरेको यो कार्यक्रम नेपालमा पर्यटन प्रबद्र्धनका लागि र पर्यटकलाई सेवासुविधा विस्तार गर्नका लागि महत्वपूर्ण रहेको बताए । उनले पर्यटक बस सञ्चालकहरुलाई समेत यो कार्यक्रमले उत्साहित बनाएको प्रतिकृया दिए ।
फेब्रेअरी ५ देखि १० तारिखसम्मको रहेको भ्रमण कार्यक्रम आजबाट सुरु भएको छ । भ्रमण टोलीलाई नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईंले एक कार्यक्रमकाबीच विदाइ गरे । भ्रमण टोलीमा २० जना व्यवसायीहरु सहभागी रहेका छन् । जस्मा टिबानका कार्यसमिति, पूर्वअध्यक्ष तथा पदाधिकारी र पर्यटन व्यवसायीहरु रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटक बस सञ्चालकहरु ‘इन्डिया प्रमोशनल टूर’मा Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन नेपाल (टिबान)ले पर्यटक बस सञ्चालकहरुलाई इन्डिया प्रमोशनल टूरमा लगेका छन् । नेपालमा अत्याधुनिक बस सेवाहरु बढाउँदै लैज पर्यटनन्यूज, काठमाडौं । टुरिष्ट बस एसोसिएशन नेपाल (टिबान)ले पर्यटक बस सञ्चालकहरुलाई इन्डिया प्रमोशनल टूरमा लगेका छन् । नेपालमा अत्याधुनिक बस सेवाहरु बढाउँदै लैज Rating: 0
Scroll to top
>