Home » पर्यटन बहस » फागु पूर्णिमाको दिन चौथो लुम्बिनी शान्ति म्याराथन

फागु पूर्णिमाको दिन चौथो लुम्बिनी शान्ति म्याराथन

Facebook Twitter Google+ Pinterest Reddit
Share

Press Meet
काठमाडौं । चौथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने भएको छ । लुम्बिनी पिस म्याराथनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन १७ गते फागु पूर्णिमाको दिन लुम्बिनीमा चौथो लुम्बिनी शान्ति म्याराथन हुने जानकारी दिएको हो ।
प्रसिद्ध धार्मिकस्थल लुम्बिनीमा हुने चौथो संस्करणको प्रतियोगितामा ३ वटा विधा रहेको आयोजकले बताएको छ । फुल म्याराथन ४२।१९८ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटर र ५ किलोमिटर विधा रहेको छ । फुल म्याराथनको विजेताले १ लाख नगदसहित मेडल हात पार्नेछन् । प्रथम पुरस्कार ‘लुम्बिनी अशोक पिस पुरस्कार’ को नाममा राखिएको छ । त्यस्तै, दोस्रो हुनेले ७५ हजार नगदसहित मेडल हात पार्नेछन् । यो पुरस्कारको नाम ‘कपिलवस्तु हुएन सान पुरस्कार’ राखिएको छ । त्यस्तै, तेस्रो हुनेले ५० हजार नगद पाउने छन् । यो पुरस्कारको नाम ‘मायादेवी गार्डेन उल्थान पुरस्कार’ राखिएको छ ।
त्यस्तै, हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगदसहित मेडल पाउनेछन् । म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब २५० जना खेलाडीले भाग लिने आयोजकको दाबी छ । प्रतियोगितामा नेपाल, भारत, चीन, अष्ट्रेलिया, कोरिया र बेलायत लगायतका राष्ट्रका खेलाडीले भाग लिने छन् ।
म्याराथन प्रतियोगिता सिद्धार्थ गौतम बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लुम्बिनीमा टुंगिनेछ । लुम्बिनी पिस म्याराथनका अध्यक्ष विक्रम पाण्डेले लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता भगवान बुद्धले बुद्धत्व प्राप्त गरी आफ्नो जन्मभूमि फर्केको फागु पूर्णिमाको दिन पारेर आयोजना गरेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

फागु पूर्णिमाको दिन चौथो लुम्बिनी शान्ति म्याराथन Reviewed by on . काठमाडौं । चौथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने भएको छ । लुम्बिनी पिस म्याराथनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन १७ गते फागु पूर्णिमाको दि काठमाडौं । चौथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने भएको छ । लुम्बिनी पिस म्याराथनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन १७ गते फागु पूर्णिमाको दि Rating: 0
Scroll to top
>