Home » फ्ल्यास न्यूज » जबर्जस्त कार्यसमिति गठन गरेको भन्दै एमाले पर्यटन संगठन भित्र विद्रोह

जबर्जस्त कार्यसमिति गठन गरेको भन्दै एमाले पर्यटन संगठन भित्र विद्रोह

आठ पदाधिकारीको सामुहिक राजिनामा

Facebook Twitter Google+ Pinterest Reddit
Share

uml tourism

पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठनमा एकलौटी गरेको भन्दै आठ पदाधिकारीले सामुहिक राजिनासहित विद्रोह गर्ने घोषणा गरेको छ ।
दुई दिन लगातार बसेको संगठनको दोस्रो अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अधिवेशनले मदन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसमा आठ उपाध्यक्ष रहेकोमा घनेन्द्र श्रेष्ठ, सिताराम सापकोटा, राजेन्द्रप्रसाद सापकोटा, सिएन पाण्डे, सूर्य भुजेल, कृष्ण अर्याल, कृष्णहरी खत्री र टिकाराम गुरुङ उपाध्यक्ष रहेका छन् । त्यस्तै, महासचिव पूर्ण कुँवरलाई चयन गरेका छन् भने उपमहासचिव द्वयमा पूर्णचन्द्र भुषाल र कृष्णराज भट्टराई रहेका छन् । त्यस्तै, सचिवमा अन्जन थापा ‘कुमार’, मदन भण्डारी, धु्रव सिंखडा, विरेन्द्र अधिकारीलगायत आठ जना रहेका छन् ।
नयाँ कार्यसमिति चयन गर्दा चुनावी प्रकृयामा जानु पर्नेमा नगई एकलौटी रुपमा पदाधिकारी चयन गरेको भन्दै नयाँ कार्यसमितिका उपाध्यक्षसमेत रहेका सिताराम सापकोटाले यो कार्यसमिति आफूहरुलाई मान्य नरहेको बताए । पर्यटनन्यूजलाई प्रतिकृया दिदै आफू अध्यक्षको दाबेदार रहेपनि उपाध्यक्षमा राखिएको भन्दै उनले आफूसहित आठ पदाधिकारीले सामुहिक राजिनामा दिएको र आगामी दिनमा संगठन बाहिर रहेर विद्रोह गर्ने बताए । आफूहरुको सहमति विना पदाधिकारीमा राखेको भन्दै अधिवेशनकै दिन राजिनामा दिने पदाधिकारीहरुमा उपाध्यक्ष द्वय सिताराम सापकोटा र राजेन्द्रप्रसाद सापकोटा, उपमहासचिव पूर्णचन्द्र भुषाल, सचिव त्रय कुमार थापा, ध्रुव सिंखडा र विरेन्द्र अधिकारी, केन्द्रीय सदस्य बच्चुनारायण श्रेष्ठलगायतका रहेका छन् ।
उनीहरुले केन्द्रीय सदस्यमासमेत नरहने गरी राजिनामा दिएका हुन् । संस्था भित्र भाँडभैलो ल्याउन र जबर्जस्त कार्यसमिति चयन गर्नमा पर्यटन विभाग इन्चार्ज सूर्य थापाको मुख्य भूमिका रहेको भन्दै उनीहरुले पर्यटन क्षेत्रमा थापाको नेतृत्व सफल नरहेको बताए । यसअघि पनि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन भित्र विवाद देखिदै आएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

जबर्जस्त कार्यसमिति गठन गरेको भन्दै एमाले पर्यटन संगठन भित्र विद्रोह Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठनमा एकलौटी गरेको भन्दै आठ पदा पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठनमा एकलौटी गरेको भन्दै आठ पदा Rating: 0
Scroll to top
>