Home » :: हाईलाइट समाचार » यूएस बंगला एयर दुर्घटनामा १४ पर्यटन व्यवसायी, तीनको निधन (नामावलीसहित)

यूएस बंगला एयर दुर्घटनामा १४ पर्यटन व्यवसायी, तीनको निधन (नामावलीसहित)

दुर्घटना दोहोरिन नदिन ट्राभल व्यवसायीहरुको ध्यानाकर्षण

Facebook Twitter Google+ Pinterest Reddit
Share

us bangala air

पर्यटनन्यूज, काठमाडौं । सोमबार भएको यूएस बंगला एयरको विमान दुर्घटनामा परि तीन जना पर्यटन व्यवसायीको निधन भएको छ ।
चालकदलका ४ जनासहित ७१ जना सवार सो विमानमा १४ जना पर्यटन व्यवसायी रहेको बताइएको छ । जसमा ११ जना घाइते अवस्थामा रहेका छन् । १२ ट्राभल कम्पनीबाट १६ जना पर्यटन व्यवसायी यूएस बंगला एयरको प्रबद्र्धनात्मक कार्यक्रमका लागि गत मार्च ६ तारिखका दिन बंगलादेशको राजधानी ढाका पुगेका थिए । उनीहरु कार्यक्रम सकेर नेपाल फर्कदै थिए । दुई व्यवसायी भने अघिल्लो दिन नै नेपाल आएका थिए ।
पर्यटनन्यूललाई प्राप्त पछिल्लो जानकारी अनुसार दुर्घटनामा परि निधन भएकाहरुमा योङ ट्राभलका सजना देवकोटा र नमस्ते ट्राभल हरिशंकर पौडेल तथा प्रविन चित्रकार रहेका छन् । त्यस्तै, दुर्घटनामा परि घाइते भएकाहरुमा फ्लाइट कनेक्शन ट्राभलका केशव पाण्डे (डिस्चार्ज), रेन्वो ट्राभलका आशिष रन्जित, मस्र्याङदी ट्राभलका हरिप्रसाद सुवेदी, ओशो ट्राभलका किशोर त्रिपाठी, बोन ट्राभलका विनोदराज पौडेल, मुस्कान ट्राभलका दयाराम ताम्राकार र सिलिङ्क ट्राभलका दिनेश हुमागाईं रहेका छन् । बोन ट्राभलका विनोदराज पौडेलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतको भनाइ छ भने अन्य सबै घाइतेहरु खतरामुक्त रहेको जनाइएको छ । सो विमानमा यात्रारत ३ पर्यटन व्यवसायीको भने नाम र कम्पनीको ठेगाना खुल्न सकेको छैन । एकै कार्यक्रममा रहनु भएका मेघावाइट ट्राभलका चित्र गुरुङ र डाइना ट्राभलकी दिव्या शाही भने अघिल्लो दिननै काठमाडौं फर्कनु भएको थियो ।
यसैबीच, दुर्घटनामा परि निधन भएकाहरुलाई श्रद्धाञ्जली दिदै ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) र सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल)ले प्रेस विज्ञप्ति जारी गरेका छन् । दुबै संस्थाले निधन भएको व्यवसायीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोट्टो नेपालका महासचिव नारायण पराजुलीद्वारा जारी गरिएको विज्ञप्तिमा सम्पूर्ण घाईतेहरुको निशुल्क स्वास्थ्य उपचार गराउन माग गर्दै यस्ता बारम्बार हुने घटनाको यथार्थ छानबिन गरी दुर्घटना न्यूनीकरण गर्न गम्भिरताका साथ लाग्न र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तदारुकताका साथ कार्य गर्न जोडदार माग गरेका छन् ।
यता, नाट्टाका अध्यक्ष सीएन पाण्डेद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा नाट्टाको एक टोली घटनास्थल र अस्पतालमा पुगि घाइतेहरुको अवस्था बुझी उनीहरुलाई निःशुल्क उपचार गराउन र भविश्यमा यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएको छ ।

natta sotto

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

यूएस बंगला एयर दुर्घटनामा १४ पर्यटन व्यवसायी, तीनको निधन (नामावलीसहित) Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । सोमबार भएको यूएस बंगला एयरको विमान दुर्घटनामा परि तीन जना पर्यटन व्यवसायीको निधन भएको छ । चालकदलका ४ जनासहित ७१ जना सवार सो विमानमा १४ ज पर्यटनन्यूज, काठमाडौं । सोमबार भएको यूएस बंगला एयरको विमान दुर्घटनामा परि तीन जना पर्यटन व्यवसायीको निधन भएको छ । चालकदलका ४ जनासहित ७१ जना सवार सो विमानमा १४ ज Rating: 0
Scroll to top
>