Home » :: हाईलाइट समाचार » ढाकामा सञ्चालित ट्राभल मार्टमा बोर्डको सहभागिता

ढाकामा सञ्चालित ट्राभल मार्टमा बोर्डको सहभागिता

Facebook Twitter Google+ Pinterest Reddit
Share
dav

dav

पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशको ढाकामा सञ्चालित तीन दिने ढाका ट्राभल मार्टमा सहभागिता जनाएको छ ।
चैत्र ८ देखि १० गतेसम्म सञ्चालित मार्टमा पाँच पेभेलिएनमा ६० स्टलहरु रहेका थिए । यूएसबङ्ला विमान दुर्घटनापछि लगतै आयोजना भएको यस मार्टले नेपालको पर्यटन प्रतिबद्धता अझ स्पस्ट पारेको जनाएको छ । उद्घाटन समारोहमा बोल्दै बंगलादेशी पर्यटन मन्त्री शाहजहान कमालले विमान दुर्घटनामा नेपालले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो । मन्त्री कमालले अब सहयोग गर्ने पालो बंगलादेशको भएको र दुई देशको पर्यटन विकासका लागि यो मार्ट राम्रो माध्यम भएको बताउनुभयो ।
बंगलादेश मनिटरको आयोजनामा भएको यस मार्टमा नेपाल र आयोजक बंगलादेश जस्ता देशहरु, नेपाल पर्यटन बोर्ड जस्ता राष्ट्रिय पर्यटन संस्थाहरु, ट्राभल टुर अपरेटरहरु, होटलहरु, विमानसेवाहरु सहभागि थिए । स्टलमा आउने बंगालीहरुले भिषा, घुम्ने÷हेर्ने गन्तब्य, जाने मार्गका बारेमा बढी जिज्ञासा राखेका थिए । उनीहरुलाई बोर्डले नेपालको विभिन्न सम्पदाका पोष्टर, नक्सा, कार्ड ड्राइभ लगाएतका सामग्री बाँडिएको थियो । नेपाल जान अग्रिम भिषा नचाहिने र भिषा शुल्क पनि नपर्ने कुराले बंगालीहरु बढी खुशी देखिन्थे । नेपाली स्टललाई नेपालका विविध सम्पदाका तस्बिरहरुले सजाइएको थियो भने बोडले बनाएको प्रचारात्मक भिडियो देखाइएको थियो ।
नेपाल पर्यटन बोर्डका साथमा होटल अन्नपूर्ण, कुटी रिसोर्ट, बि लाइन ट्राभल्स, सराओगी ट्राभल्स, सिलिन्क ट्राभल्स, अलसिजन एडभेन्चर र रेगुलस ट्रेक्स सहभागी थिए । बोर्डका तर्फबाट वरिष्ठ प्रबन्धक मणिराज लामिछाने र वरिष्ठ अधिकृत सुधन सुवेदीले मार्टमा सहभागिता जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

ढाकामा सञ्चालित ट्राभल मार्टमा बोर्डको सहभागिता Reviewed by on . [caption id="attachment_4663" align="aligncenter" width="640"] dav[/caption] पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशको ढाकामा सञ्चालित तीन दिने ढा [caption id="attachment_4663" align="aligncenter" width="640"] dav[/caption] पर्यटनन्यूज, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशको ढाकामा सञ्चालित तीन दिने ढा Rating: 0
Scroll to top
>