Home » :: हाईलाइट समाचार » रुविभ्यालीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग

रुविभ्यालीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग

‘टुरिजम हाईवे’ निर्माण गर्न सुझाब

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_6623
पर्यटनन्यूज, काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेको छ ।
धादिङ जिल्लाका स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको ‘धादिङ जिल्लाको पर्यटन योजना बारे अन्तक्र्रियात्मक कार्यक्रम’मा वक्ताहरुले सो क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गरि पर्यटन प्रबद्र्धन गर्नका लागि माग गरेका हुन् । कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेजबहादुर गुरुङले रुविभ्याली क्षेत्रमा दुर्लभ जंगली जनावर, पंक्षी तथा जडिबुटी र रुवि जस्तो बहुमुल्य पत्थरहरु पाइने हुनाले त्यसलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । उनले त्यसको लागि समितिले पहल कदमी थालेको पनि बताए । त्यस्तै, समितिका संस्थापक अध्यक्ष तथा एनएमएका महासचिव कुलबहादुर गुरुङले रुविभ्याली क्षेत्र पर्यटकीय पूर्वाधारको हिसाबले धरै अगाडि बढिसकेको भन्दै यसलाई लुक्ला र जोमसोमको वैकल्पिक रुटको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । उनले, मौसमी खराबीकै कारण धेरै ट्रेकिङहरु स्थगित भइराखेको अवस्थामा काठमाडौंबाट सबैभन्दा नजिक रहेको यो रुटलाई सबै व्यवसायीहरुले प्राथमिकतामा राख्नु पर्ने बताए ।

IMG_6615
कार्यक्रममा वक्ताहरुले धादिङदेखि सेर्तुङ/तिप्लिङसम्मको सडकलाई टुरिजम हाइवेको रुपमा विकास गर्न स्थानीय प्रतिनिधिहरुलाई सुझाएका थिए । सदरमुकामबाट बन्दै गरेको सडकलाई व्यवस्थित र पर्यटन मैत्री बनाउँदै रोडमै पर्यटक रमाउन सक्ने वातावरण बनाउन आह्वान गरिएको थियो । त्यस्तै, रुविभ्याली क्षेत्रमा धेरै खालका रुटहरु हुँदा पर्यटक र पर्यटन व्यवसायीसमेत अलमल भएको भन्दै एउटै रुटलाई ब्रान्डिङ गर्न, आगामी आर्थिक बजेटमा पर्यटनलाई पहिलो प्राथमिकतामा राख्न, धादिङको उत्तरीसँगै दक्षिणी भेगलाई पनि प्राथमिकतामा राख्न तथा पर्यटन पूर्वाधारहरु निर्माण गर्नका लागि व्यवसायीहरुले माग गरेका छन् ।

dhadin
कार्यक्रममा उपस्थित रहेको स्थानीय सांसद द्वय खेमप्रसाद लोहनी र भूमि त्रिपाठीले गणेश हिमाल पर्यटन विकास समितिले उठाएका विषय अत्यन्त सान्दर्भिक र धादिङ जिल्लाको विकासका लागि महत्वपूर्ण रहेको भन्दै त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताए । त्यस्तै, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले आफ्नो कार्यकालमा त्यस क्षेत्रको विकासको लागि फरक विधामा बजेट विनियोजन गरेको र आगामी दिनमा पनि सो क्षेत्रको विकासको लागि निरन्तर लागि पर्ने बताए ।

dhadinnn

कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पर्यटन विज्ञ ज्योति अधिकारी, टानका अध्यक्ष नवराज दाहाल तथा उपाध्यक्ष खुम सुवेदी र जीवन थापामगर, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पम्फा धमला, एनएमएका कोषाध्यक्ष सुदर्शन न्यौपाने, भिटोफ नेपालका अध्यक्ष कमल सापकोटा, ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया, नाराका महासचिव शिव अधिकारी, टानका पूर्व कोषाध्यक्ष कुमार थापा, युवा पर्यटन व्यवसायी राजन सिंखडालगायतका व्यक्तिहरुले धादिङ जिल्लाको पर्यटन विकासका लागि आफूहरु प्रतिबद्ध भएर लागि पर्ने बताए । कार्यक्रम समितिका महासचिव राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

IMG_6622

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

रुविभ्यालीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेको छ । धादिङ जिल्लाका स्थानीय जनप्रतिनि पर्यटनन्यूज, काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेको छ । धादिङ जिल्लाका स्थानीय जनप्रतिनि Rating: 0
Scroll to top
>