Home » मुख्य समाचार » हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुबैको निधन

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुबैको निधन

Facebook Twitter Google+ Pinterest Reddit
Share

Makalu-Air-accident

पर्यटनन्यूज, सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको नाइन एन एयूजे कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो ।
विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उहाँले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुबैको निधन Reviewed by on . पर्यटनन्यूज, सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमान पर्यटनन्यूज, सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमान Rating: 0
Scroll to top
>