Home » फिचर » काठमाडौंमा जापानी परिवेश, जापानिज परिकार: उरुतोरा रेष्टुरेन्ट

काठमाडौंमा जापानी परिवेश, जापानिज परिकार: उरुतोरा रेष्टुरेन्ट

Facebook Twitter Google+ Pinterest Reddit
Share

Urutora Resturent
पर्यटनन्यूज, काठमाडौं । पराइको देशको बारेमा जान्न र बुझ्न अब सोही देशमा पुग्नु पर्दैन । नत हाम्रो देशको बारेमा जान्न पराइ देशका कोही यहीँ नै आउनु पर्छ । सूचनाप्रविधिको विकासले अब नेपालमै रहेर विश्वको अनुभव गर्न सक्ने भइसक्यो । त्यसमा अझ, अन्य देशको परिवेशमा त्यही देशको खानादेखि सँस्कृतिसम्मको अवलोकन यही नेपालमा गर्न सक्ने वातावरण बन्दैछ ।
हो, हामी यतिखेर जापानी खाना र परिवेशको कुरा गर्दैछौं । यस अघि पनि नेपालमा जापानिज रेष्टुरेन्टहरु खुले । केही सिमित मात्रामा रहेको जापानिज रेष्टुरेन्ट मध्ये काठमाडौंमा अर्को नयाँ तर फरक खालको रेष्टुरेन्ट ‘उरुतोरा रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ ।
गत २५ मार्चदेखि सञ्चालनमा आएको रेष्टुरेन्टले पूर्ण रुपमा जापानी परिवेशको झझल्को दिलाउँछ । जापानमै छु भन्ने भान गराउने गरि सजाइएका रेष्टुरेन्टका रुम र जापानको राष्ट्रिय खाना शुशीसहित तेम्पुरा, खाराआगे, सासिमि, उदोन, सोबाजस्ता खानाका परिकारले केही समय जापानीजहरुले नेपाल परिवेश बिर्सन्छन् भने नेपालीहरुले जापान सम्झन्छन् । सोही रेष्टुरेन्टमा जापानीको स्थानीय रक्सीकोसमेत स्वाद चाख्न पाइन्छ । रेष्टुरेन्ट भित्र प्रवेश गरेपछिको अतिथि सत्कार, जापानी सेफबाट बनाइएका खानाका परिकार आदिइत्यादि कारणले गर्दा पनि उरुतोरा रेष्टुरेन्ट जापानी र जापानी खाना मन पराउने नेपालीहरुविच लोकप्रिय बन्दैछ । जहाँ नेपाली खाना सेटकोसमेत व्यवस्था छ ।

Urutora
जापानी नागरिक मिजुगुची केन्जी, लिला विष्ट, लोकनाथ वस्ती र प्रकाश पौडेलको करीब २ करोडको सामुहिक लगानीमा सञ्चालित उरुतोरा जापानस्थित योकोहामामा रहेको उरुतोराको चेन रेष्टुरेन्ट हो । जापानमा यसको ब्रान्ड बनिसकेको हुँदा नेपालमा यसको नामैले पनि जापानीजहरु, एनआरएनए, विभिन्न राजदूतावासका कर्मचारी तथा जापानी खाना मन पराउनेहरु खोजीखोजी आउने गरेको सञ्चालक लिला विष्टको भनाइ छ । नेपालमा जापानी रेष्टुरेन्टहरु अति कम रहेको र उरुतोराले ओरिजिनल जापानी स्वादमा अर्गानिक खानालाई विशेष प्राथमिकता दिएको कारण पनि यहाँ पाहुनाको आकर्षण बढी छ ।

urutora-2
रेष्टुरेन्ट सुरक्षित स्थानमा रहेको, सेमिनार हल भएको, शान्त वातावरण, खुल्ला पार्किङको सुविधा, पारिवारिक वातावरण आदिले पनि उरुतोराको महत्व बढाइदिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

काठमाडौंमा जापानी परिवेश, जापानिज परिकार: उरुतोरा रेष्टुरेन्ट Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । पराइको देशको बारेमा जान्न र बुझ्न अब सोही देशमा पुग्नु पर्दैन । नत हाम्रो देशको बारेमा जान्न पराइ देशका कोही यहीँ नै आउनु पर्छ । सूचनाप् पर्यटनन्यूज, काठमाडौं । पराइको देशको बारेमा जान्न र बुझ्न अब सोही देशमा पुग्नु पर्दैन । नत हाम्रो देशको बारेमा जान्न पराइ देशका कोही यहीँ नै आउनु पर्छ । सूचनाप् Rating: 0
Scroll to top
>