Home » मोफसल » ३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न

३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न

Facebook Twitter Google+ Pinterest Reddit
Share

Rafting trisuli
काठमाडौँ । नेपालमा साहसिक जलयात्राको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न भएको छ । यस वर्षको नारा भने ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ रहेको थियो ।
उत्सवमा करीब ५०० जना नेपाली जलयात्रीले भाग लिएका थिए । पन्ध्र वर्षदेखि ६० वर्षसम्मका जलयात्रीले भाग लिएको सो उत्सवमा विदेशी पाहुनाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । उत्सवमा भाग लिने स्वदेशी तथा विदेशी जलयात्रीहरुसँग प्रतिव्यक्ति रु दुई हजार शुल्क लिएको र कार्यक्रम सम्पन्न गर्न करीब १८ लाख खर्च भएको नेपाल एशोसिएसन अफ राफ्फ्टिङ एजेन्ट्स (नारा)का कोषाध्यक्ष शिशिर खनालले बताए ।
नाराका महासचिव शिव अधिकारीले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको बताए । “नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य हो”, उनले भने।
नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न Reviewed by on . काठमाडौँ । नेपालमा साहसिक जलयात्राको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव भव् काठमाडौँ । नेपालमा साहसिक जलयात्राको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव भव् Rating: 0
Scroll to top
>