Home » मुख्य समाचार » धादिङको रानी झरनामा क्यानोनिङ सुरु

धादिङको रानी झरनामा क्यानोनिङ सुरु

जेठ २५ र २६ गते राष्ट्रिय महोत्सव हुँदै

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_5730
पर्यटनन्यूज, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायीक शुभारम्भ भएको छ । नेपाल क्यानोनिङ एशोसियसनको आयोजना, थाक्रे गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शनिबार संभाव्यता अध्ययन कार्यक्रमको आयोजना गरी रानी झरनामा व्यवसायीक रुपमा क्यानोनिङ (छाँगावरोहण) सञ्चालनमा आएको जानकारी दिइएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेलले नेपालको पर्यटन संस्कृति र प्रकृतिमा आधारित रहेको बताउँदै रानी झरनाले प्रकृति प्रेमिलाई आकर्षित गर्ने बताउनुभयो । कडेलले एकान्त ठाउँमा रहेको तीन वटा झरनाको दृश्य साहसिक खेल प्रेमिलाई मात्र नभएर एकान्त र शान्त वातावरणले लेखक साहित्यकार र सर्जकहरुको पनि मन जित्न सक्ने बताउनुभयो । उहाँले यसका निम्ति पुर्वाधार विकासमा गुरु योजना बनाएर एककीकृत विकास गर्नु पर्ने औंल्याउनुभयो । कार्यक्रमका धादिङ क्षेत्र नं. १ प्रतिनिधिसभाका सांसद भुमी प्रसाद त्रिपाठीले पर्यटन नै समृद्धिको आधार भएकाले यसको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले रानी झरना थाक्रेको लुकेको स्वर्ग भएको उल्लेख गर्दै भौतिक पुर्वाधारमा गाउँपालिकाले योजना बनाए विकास गर्ने बताउनुभयो । अध्यक्ष आचार्यले रानी झरना सहित थाक्रेको वडा नं. ७ मा रहेको खामभञ्ज्याङ, पोखरीचौर, वडा नं. ३ को भुमिचुली, वडा नं. ८ को गणेशचौरलाई पर्यटनको फरक फरक विधाको विकास गरी प्रवद्र्धन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य पूर्णबहादुर कुँवरले रानी झरनाको संभाव्यता अध्ययनले व्यवसायीक सञ्चालन गर्न योग्य ठहरिएकाले आगामी दिनमा यसको प्रवद्र्धन र भौतिक संरचना विकास गर्न वोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा टानका पुर्व उपाध्यक्ष रामप्रसाद सापकोटाले काठमाडौंबाट एक घण्टामा पुग्न सकिने रानी झरनाले व्यवसायीक शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै पर्यटन व्यवसायीलाई आकर्षित गर्न लगानी र सुरक्षाको प्रत्याभुती दिलाउन स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै क्यानोनिङ एशोसियसनका पुर्व अध्यक्ष कर्णबहादुर लामाले साहसिक पर्यटनमा क्यानोनिङले छोटो अवधिमा ठुलो दायरा बनाएकोले यस्ता लुकेका झरनाहरुले समृद्धिलाई डोहोर्याउने बताउनुभयो ।
२१ युवाहरुलाई आधारभुत गाइड तालिम
रानी झरनामा आइतबारदेखि २१ जना युवाहरुले आधारभुत गाइड तालिम लिइरहेका छन् । जस मध्य ५ जना स्थानीय युवाहरु र १६ जना सदस्य कम्पनीको सिफारिसमा सहभागि रहेका छन् । सात दिनसम्म तालिम लिएपछि रानी झरनामा स्थानीय गाइडहरुले नै पर्यटकलाई सुरक्षित मनोरञ्जन दिलाउँदै क्यानोनिङ गराउन सक्ने एशोसिएसनको विश्वास छ ।
जेठ २५ र २६ गते हुने नेपाल क्यानोनिङ महोत्सवमा स्वदेशी र विदेशी गरी पाँच सय बढी क्यानोनरले सहभागिता जनाउने बताइएको छ । महोत्सवको प्रचारप्रसारका निम्ति ठमेल लगायत काठमाडौंको विभिन्न स्थानमा व्यानर, पम्प्लेट र विद्युतिय प्रचारलाई तिब्र पारिएको छ । सहभागिलाई प्याकेजमा टिकट विक्रि वितरण गर्दै गणेशहिमाल पर्यटन विकास समिति र नेपाल छाँगावरोहण संघले प्रचार र व्यवस्थापन गरिरहेको संघका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

धादिङको रानी झरनामा क्यानोनिङ सुरु Reviewed by on . पर्यटनन्यूज, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायीक शुभारम्भ भएको छ । नेपाल क्यानोनिङ एशोस पर्यटनन्यूज, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायीक शुभारम्भ भएको छ । नेपाल क्यानोनिङ एशोस Rating: 0
Scroll to top
>