Home » :: हाईलाइट समाचार » नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न

नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न

Facebook Twitter Google+ Pinterest Reddit
Share

Rafting nara

पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)ले आयोजना गरेको तीन दिने एड्भान्स रिभर गाइड तालिम सम्पन्न भएको छ
जलयात्राका लागि विश्वमै उत्कृष्ट रहेको भोटेकोशी नदीमा आयोजना गरिएको तालिममा ४५ जना सहभागी रहेका थिए । यही जेठ २२ देखि २४ सम्म सञ्चालन गरिएको तालिमलाई ३ विद्यामा सञ्चालन गरिएको थियो । जसमा इन्स्ट्रक्टर रिभर, फस्र्ट एड तथा लिडरशीप र मोटिभेशन रहेका थिए । उनीहरुलाई एसियामै प्रसिद्धि कमाएका प्रशिक्षकहरु चन्द्र आले, चुडामणी अर्याल, निमबहादुर मगर, कमल ठकुरी तथा अच्यूत गौतमले सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएका थिए ।

rafting traning
अन्तर्राष्ट्रिय जगतमा नेपालको साहसिक जलयात्राको बारेमा व्यापक प्रचारप्रसार गरी समग्र पर्यटन व्यवसायको विकास गर्ने, नेपाललाई उत्कृष्ट साहसिक जलयात्रा गन्तव्य देशको रुपमा स्थापित गराउने, साहसिक जलयात्रा व्यवसायमा संलग्न नेपाली जनशक्तीहरुलाई साहसिक जलयात्रामा अन्तर्राष्ट्रियस्तरका ज्ञान तथा शीपहरुको बारेमा अवगत गराई उनीहरुको दक्षतामा अभिवृद्धि गर्ने लगायत उद्देश्यका साथ तालिम सञ्चालन गरिएको नाराका महासचिव शिव अधिकारीले बताए । कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)ले आयोजना गरेको तीन दिने एड्भान्स रिभर गाइड तालिम सम्पन्न भएको छ जलयात्राका लागि विश्वमै उत्कृ पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)ले आयोजना गरेको तीन दिने एड्भान्स रिभर गाइड तालिम सम्पन्न भएको छ जलयात्राका लागि विश्वमै उत्कृ Rating: 0
Scroll to top
>