Home » हाम्रो बारेमा

हाम्रो बारेमा

Share

अल थ्री मिडिया घर पर्यटन प्रवद्र्धन र विकासका लागि क्रियाशील छ । सञ्चारमाध्यमका तीन वटै विधा प्रसारण, प्रकाशन र अनलाइनमा दक्षता राख्ने सञ्चारकर्मीको टिम हो अल थ्री । पर्यटन अभियान पाक्षिक पत्रिका, पर्यटन अभियान टेलिभिजन कार्यक्रम र पर्यटनन्यूज डटकम डिजिटल पत्रिका अल थ्रीका उत्पादन हुन् । पर्यटन अभियान पाक्षिक पत्रिका काठमाडौं उपत्यका र मोफसलका मुख्य पर्यटकीय गन्तव्यमा पुगिसकेको छ । पर्यटनन्यूज डटकममार्फत पर्यटन खबर विश्वभर पु¥याउने अभियानमा हामी लागिपरेका छौं ।

हाम्रो टिम

सुनिल कोइराला

अल थ्री मिडिया घरका अध्यक्ष कोइराला नेपाली आमसञ्चार क्षेत्रमा स्थापित नाम हो । रेडियोबाट पत्रकारितामा प्रवेश गर्नुभएका कोइरालासँग एभिन्युज, न्युज–२४, माउन्टेन, टिभी फिल्मीलगायत टेलिभिजनमा काम गरेको अनुभव छ । पत्रकारिताका स्नातकोत्तर कोइराला प्रशिक्षकसमेत हुनुहुन्छ । कोइराला पर्यटन अभियान टेलिभिजन कार्यक्रमका प्रमुख कार्यकारी उत्पादक, पर्यटन अभियान पाक्षिकको सल्लाहकार सम्पादक र पर्यटनन्यूज डटकमका संरक्षक हुनुहुन्छ ।

आनन्द पौडेल

आमसञ्चार विषयका स्नातकोत्तर पौडेल अल थ्री मिडिया घरका निर्देशक हुनुहुन्छ । टेलिभिजन पत्रकारितामा विशेष दख्खल राख्ने पौडेलले एभिन्युज टेलिभिजनबाट प्रसारित यात्रा कार्यक्रमको प्रोड्युसर तथा ट्राभलर म्यागेजिनको सम्पादकका रुपमा पनि काम गरिसक्नुभएको छ । पौडेल पर्यटन अभियान पाक्षिकका समाचार संयोजक, टेलिभिजन कार्यक्रमका संयोजक र पर्यटनन्यूज डटकमका व्यवस्थापक हुनुहुन्छ ।

शिव श्रेष्ठ

अल थ्री मिडिया घरका निर्देशक एक दशकदेखि पर्यटन पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँसँग रेडियो, टेलिभिजन र पत्रिका तीनै विधाको ज्ञान छ । श्री कमाण्डर दैनिकबाट पत्रकारिता सुरुवात गर्नुभएका श्रेष्ठले एबीसी रेडियो, हिमालय टेलिभिजन हुँदै माउन्टेन टेलिभिजनमा आबद्ध रहेर अनुभव संगाल्नुभएको छ । पर्यटन पत्रकार संघ (जाट) नेपालका महासचिवसमेत रहेका श्रेष्ठ अहिले पर्यटन अभियान पाक्षिकको प्रकाशक÷सम्पादक, पर्यटन अभियान कार्यक्रमका प्रोड्युसर तथा पर्यटनन्यूज डटकमका प्रबन्ध सम्पादक हुनुहुन्छ ।

 

 

अन्य

(अंग्रेजी भाषा सम्पादक)

विष्णु गौतम (पोखरा संयोजक)

प्रवीन तुलाचन (पोखरा समाचारदाता)

(भिजुअल सम्पादक)

(ग्राफिक्स/एनिमेसन)

रत्नमणि दाहाल (फोटोग्राफर)

महेश कार्की (ग्राफिक्स/पेपर डिजाइनर)

(बजार संयोजक)

(व्यवस्थापक)

Scroll to top
>